Kathmandu Press

वीरगञ्जमा रविको बयान सुरु

वीरगञ्जस्थित सरकारी वकिलको कार्यालयमा कार्यालय सुरु भएसँगै बयान सुरु भएको हो। 
वीरगञ्जमा रविको बयान सुरु

पर्सा, मंसिर २५ : सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेको वीरगञ्जमा बयान सुरु भएको छ।

वीरगञ्जस्थित सरकारी वकिलको कार्यालयमा कार्यालय सुरु भएसँगै बयान सुरु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीमा थुनामा रहेका रविलाई सोमबार पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमराहुँदै वीरगञ्ज लगिएको थियो।

रविमाथि सानोपाइला सहकारीको रकम अपचलनको आरोप छ।  सानोपाइला सहकारीको रकम अपचलनमा रविसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सानोपाइला सहकारीबाट गोर्खा मिडियामा ८ करोडभन्दा बढी रकम प्रवाह भएको संसदीय विशेष छानबिन समितिले देखाएको थियो।

सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो। 

रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। रविविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्