Kathmandu Press

महिला अधिकारका लागि मंगलादेवी सिंहको भूमिका अविस्मरणीय : मन्त्री सिंह

बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि मंगला देवीले गरेको योगदानलाई बिर्सन नहुने उनको भनाई छ। 
महिला अधिकारका लागि मंगलादेवी सिंहको भूमिका अविस्मरणीय : मन्त्री सिंह

काठमाडौं, मंसिर २५ : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला संघको संस्थापक अध्यक्ष तथा महिला नेत्री स्व. मंगला देवी सिंहको शालीकमा माल्यअर्पण गरेका छन्। 

मंगलबार काठमाडौंको बिजुलिबजारमा मंगला देवी सिंहको १००औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा उनले शालीकमा माल्यअर्पण गरेका हुन्। 

माल्यअर्पणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री सिहंले अहिले प्राप्त गरेको अधिकारहरु हजारौ महिलाहरुको योगदानबाट मात्रै सम्भव भएको बताए। 

बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि मंगला देवीले गरेको योगदानलाई बिर्सन नहुने उनको भनाई छ। 

Photos-(1)-(23)-1733808237.jpg
 

‘हामीले जुन प्राप्त गरेको अधिकारहरु छन्,यी हजारौ महिलाहरुको योगदानले गर्दा प्राप्त गर्न सकेका छौं,’ उनले भने, ‘नेपाली महिलाहरुलाई स्वतन्त्रता र यो अधिकारको लागि ७५ जिल्लामा नै महिलालाई संगठीत गरेर बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि उहाँले गर्नुभएको योगदान हामीले बिर्सनु हुँदैन।’

उनले मंगला देवीले महिलाहरुलाई मतदानको अधिकार दिलाउन महत्वपूर्ण योगदान पु¥याएको पनि बताए। 
 

प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्