Kathmandu Press

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

मंगलबार सिंहदरबारमा दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ  ।
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, मंसिर २५ : संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । 

मंगलबार सिंहदरबारमा दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ  । बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो सवा २ बजे समितिको सभाकक्ष सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूचि छ ।

प्रकाशित मिति: ०८:३६ बजे, मंगलबार, मंसिर २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्