वर्षको पहिलो हिमपात [फोटो फिचर]
दिनभरको हिमपातले पहाडी भूभागहरु सेताम्मे भएका थिए।![वर्षको पहिलो हिमपात [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/CM_DIPAYAL_IMG-20241209-WA0016-1733753389.jpg)
काठमाडौं, मंसिर २४ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी, उच्च पहाडी तथा हिमाली भूभागमा सोमबार हिमपात भएको छ।
बाजुरा, डोल्पा, हुम्ला, अछाम लगायत जिल्लाका पहाडी तथा उच्च पहाडी क्षेत्रमा सोमबार दिनभर जसो हिमपात भएको हो।
दिनभरको हिमपातले पहाडी भूभागहरु सेताम्मे भएका थिए।
सोमबार यो वर्षकै पहिलो हिमपात भएको हो।
कर्णाली र सुदूरपश्चिममा हिमपातसँगै वर्षाका कारण सोमबार देशभर चिसो बढेको छ।
चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।
यद्यपि वर्षा र हिमपातका कारण किसानहरू भने उत्साहित छन्।
पानी नपरेकै कारण खेती लगाउन नपाएका किसानहरूले वर्षा र हिमपात भएसँगै खेतीपातीका अनुकूल वातावरण तयार भएको छ।
सबै तस्बिरहरूः रासस









प्रकाशित मिति: २०:०४ बजे, सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












