Kathmandu Press

हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य वृद्धि

कुल आरोही संख्या २२४५ रहेको छ, जसमा ३०१ महिला र १९४३ पुरुष छन् । यस वर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५४३ जना रहेका छन् ।
हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य वृद्धि

काठमाडौं, मंसिर २४ । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ।

विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट ८.५९ करोड ९७ लाख ३६५.४ को राजस्व संकलन भएको छ। तर २०२३ मा यो संख्या ७.८५ करोड मात्र थियो ।

Hardik ivf

आरोहण अनुमतिको संख्या १६३ रहेको छ, जसमा आरोहण गर्नका लागि अनुमति प्राप्त हिमाल ४७ र देशगत आरोहण विवरण ७३ छन्।

कुल आरोही संख्या २२४५ रहेको छ, जसमा ३०१ महिला र १९४३ पुरुष छन् । यस वर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५४३ जना रहेका छन् ।

यस वर्ष आरोहणका क्रममा ८ जनाको मृत्यु भएको छ। कुम्भकर्ण हिमालमा १, धौलागिरीमा ५, लाङ्टाङ लिरुङमा १ र पान्ध्रा हिमालमा एक पोर्टरको निधन भएको विभागले जनाएको छ । मृतकहरूको शव काठमाडौं ल्याउन विभाग र एजेन्सीले बैठक बसेर सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाएका छन् ।

२०२३ मा आरोहण अनुमति संख्या १७४, आरोहण लिएका हिमाल ५४ र देशगत आरोहण विवरण ७६ रहेका थिए । यस वर्षको तुलनामा २०२३ मा जम्मा आरोहीको  संख्या २४०७ थियो।

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, मंसिर २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्