Kathmandu Press

दक्षिण कोरियाले लगायो राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ।
दक्षिण कोरियाले लगायो राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो।

Hardik ivf

संसदीय सुनुवाइमा एक सांसदले मङ्गलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो।  

युनले देशमा लगाएको सैनिक शासन त्यहाँको संसदले बिफल पारिदिएको थियो। दक्षिण कोरियामा राष्ट्रपतिले सैनिक कानुन घोषणा गरे त्यहाँको संसदले बहुमतबाट बदल्न सक्ने व्यवस्था छ।

संसदले विफल पारिदिएपछि राष्ट्रपति युनले मार्सल ल फिर्ता लिएका थिए।

राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन–सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो।

घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजिनामा दिनुभएको थियो भने उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ। घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ।

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, मंसिर २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्