भरतमोहन अधिकारीको स्वास्थ्य निकै चिन्ताजनक
काठमाडौं, फागुन १८ : पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भिर भएको छ ।
राजधानीको हृयाम्स अस्पतालमा उपचाररत अधिकारीको म....
काठमाडौं, फागुन १८ : पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भिर भएको छ ।
राजधानीको हृयाम्स अस्पतालमा उपचाररत अधिकारीको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून रहेको उपचारमा संलग्न चिकित्सिकहरुले बताएका छन् ।
पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भैरहेको छ ।
अस्पतालले आज गरेको पत्रकार सम्मेलनमा अधिकारीको स्वास्थ्य खस्किँदै गएकाले निकै गम्भीर रहेको जनाएको छ ।
‘लामो समयदेखि पिसाब भएको छैन । हामीले सम्पूर्ण उपाय लगाएका छौ । यद्यपी उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ र अहिले उहाँलाई सजिलो बनाउने उपचार गरिहेका छौं’ पत्रकार सम्मेलनमा अस्पतालले भनेको छ ।






