Kathmandu Press

लक्ष्मीले ल्याइन् ‘हे गोरी’

केही समयअघि सोलो गीत ‘राख तिम्रो मुटुभित्र’ ल्याएकी उनले अहिले मौलिक शैलीको ‘हे गोरी’ ल्याएकी हुन्। 
लक्ष्मीले ल्याइन् ‘हे गोरी’

काठमाडौं, मंसिर २१ : गायिका एवं कम्पोजर लक्ष्मी हमालले नयाँ गीत ‘हे गोरी’ सार्वजनिक गरेकी छन्। 

केही समयअघि सोलो गीत ‘राख तिम्रो मुटुभित्र’ ल्याएकी उनले अहिले मौलिक शैलीको ‘हे गोरी’ ल्याएकी हुन्। 

विराटनगरलगायत पूर्वीतराईका विविभिन्न ठाउँमा सुटिङ गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्याय मुख्य फिचर्ड छन्। विरोल एवं द्वन्द्वात्मक पार्टमा सुगत कारन्जित र जतिन ताम्राकार देखिएका छन्। 

म्युजिक भिडियोमा प्रसान्त तामाङको निर्देशन तथा कोरियोग्राफी र सांग्रीला क्रियशनको पोष्ट प्रोडक्सन रहेको छ । 

शब्द, संगीत र फिमेल भोकल लक्ष्मी आफ्नै रहेको गीमा मेल भोकल हिमाल सागरले दिएका छन्। 

अकोष्टिक नेपालले रेकर्ड गरेको अडियोको एरेन्ज साहस शाक्यले गरेको छन् भने मिक्स एवं मास्टरिङ प्रकाश मिश्राले गरेका हुन्।
 

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, मंसिर २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्