Kathmandu Press

फ्रान्समा बर्नियरको सरकार तीन महिनामै ढल्यो 

उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दलले मिलेर संसद्मा  अविश्वासको प्रस्ताव पेस गरेका हुन्। 
फ्रान्समा बर्नियरको सरकार तीन महिनामै ढल्यो 

पेरिस, मंसिर २० : संसदमा बहुमतले अविश्वास प्रस्ताव पारित भएपछि फ्रान्सका प्रधानमन्त्री मिचेल बर्नियरको सरकार ३ महिनामै ढलेको छ। 

बीबीसीका अनुसार प्रधानमन्त्री बर्नियरविरुद्ध संसद्मा पेस भएको अविश्वासको प्रस्ताव भारी बहुमतले पारित भएको थियो। उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दलले मिलेर संसद्मा  अविश्वासको प्रस्ताव पेस गरेका हुन्। 

Hardik ivf

बर्नियरले बिना मतदान बजेट पारित गराउन विशेष शक्ति प्रयोग गरेपछि विपक्षी दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका थिए। 

बीबीसीले तीन महिनाअघि प्रधानमन्त्री बनेका मिशेल बर्नियरले विहीबार नै राजीनामा दिने सम्भावना औंल्याएको छ।

सन् १९६२ पछि अविश्वास प्रस्तावका कारण फ्रान्सेली सरकार पतन भएको पहिलोपटक रहेको जनाइएको छ। 

प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्