Kathmandu Press

स्वरसम्राटको स्मृति दिवसमा तीन श्रष्टा सम्मानित

नारायण गोपाल संगीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत संगीततर्फ बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र रचनातर्फ शिवशंकर थापालाई सम्मान गरिएको हो।
स्वरसम्राटको स्मृति दिवसमा तीन श्रष्टा सम्मानित

काठमाडौं, मंसिर २० : स्वरसम्राट नारायण गोपालको ३४औं स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ। 

नारायण गोपाल संगीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत संगीततर्फ बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र रचनातर्फ शिवशंकर थापालाई सम्मान गरिएको हो।

Hardik ivf

स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहेका र संगीतमा विशेष योगदान दिएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही ५१ हजार र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी र्दिए।

‘स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरेपनि पुग्दैन,’ उनले भने, ‘अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिए।’

सम्मानित भएका संगीतकार मुकारुङले नारायण गोपालजस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताए।  

‘नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ। विगत ६ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो,’ उलने भने, ‘यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ। उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो।’ 

विसं १९९६ असोज १८ गते जन्मिएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मंसिर १९ गते निधन भएको थियो। 

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्