Kathmandu Press

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध महाभियोग प्रस्ताव

योलले मंगलबार राति ‘मार्सल ल’ लगाउन प्रयास गरेको भन्दै विपक्षी सांसदहरूले महाभियोग लगाउने प्रस्ताव पेस गरेको बीबीसीले जनाएको छ। दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हड्ताल सुरु गरेको छ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध महाभियोग प्रस्ताव

काठमाडौं, मंसिर १९ : दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध बुधबार महाभियोग प्रस्ताव पेस भएको गरिएको छ। 

विपक्षी सांसदहरूले योलविरुद्ध महाभियोग लगाउने प्रस्ताव पेस गरेका हुन्। 

Hardik ivf

योलले मंगलबार राति ‘मार्सल ल’ लगाउन प्रयास गरेको भन्दै विपक्षी सांसदहरूले महाभियोग लगाउने प्रस्ताव पेस गरेको बीबीसीले जनाएको छ। दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हड्ताल सुरु गरेको छ।

दक्षिण कोरियाका सामाजिक अभियन्ताले राष्ट्रपति युनको राजीनामाको माग गर्दै प्रदर्शन गर्ने तयारीसमेत गरेको जनाइएको छ । बीबीसीका अनुसार दक्षिण कोरियाको सबैभन्दा ठूलो सहर बुसानमा विपक्षी दलका कार्यकर्ताले हरेक दिन विरोध ¥याली गर्ने योजना बनाएका छन्।

योलले मंगलबार साँझ मार्सल लको घोषणा गरेका थिए । उनले राष्ट्रविरोधी तत्वलाई हटाउने भन्दै उक्त कदम चालिएको बताएका थिए । उनले त्यस्को भोलीपल्टै बुधबार मार्सल ल लगाउने आदेश फिर्ता लिएका थिए । राष्ट्रपतिले अचानक ‘मार्सल ल’ फिर्ता लिएका थिए। 

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, मंसिर १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्