जीप दुर्घटनामा ११ जनाको निधन
दार्चुला, फागुन १८ : शुक्रबार साँझ दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते छन् ।
दार्चुला सदरमुकाम खलंगा ....

दार्चुला, फागुन १८ : शुक्रबार साँझ दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते छन् ।
दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा राति बेलुका ८ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुको सनाखत भएको छैन ।
दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ ।
जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको थियो ।
प्रकाशित मिति: ०८:३२ बजे, शनिबार, फागुन १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











