Kathmandu Press

अध्ययन भन्छ- नियमित व्यायामले कोरोनाका बिरामीलाई गम्भीर समस्याबाट बचाउनसक्छ

नियमित व्यायामले कोरोना भाइरसका बिरामीलाई एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) जस्ता गम्भीर समस्याबाट बचाउन सक्ने नयाँ अध्ययनले देखाएको छ।

युनिभर....

अध्ययन भन्छ- नियमित व्यायामले कोरोनाका बिरामीलाई गम्भीर समस्याबाट बचाउनसक्छ

नियमित व्यायामले कोरोना भाइरसका बिरामीलाई एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) जस्ता गम्भीर समस्याबाट बचाउन सक्ने नयाँ अध्ययनले देखाएको छ।

युनिभर्सिटी अफ भर्जिनिया स्कूल अफ मेडिसिनका प्रोफेसर झेन यानले गरेको अध्ययन अनुसार एआरडिएस रोकथाम हुने वा त्यसको गम्भीर हुन नदिने देखिएको हो।

अध्ययन अनुसार कोभिड १९ का सबै बिरामीमध्ये ३ देखि १७ प्रतिशतलाई एआरडिएस हुन्छ। अमेरिकाको सेन्टर्स फरु डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले (सिडिसि) कोभिड १९ का कारण अस्पताल भर्ना भएका २० देखि ४२ प्रतिशत बिरामीलाई एआरडिएस हुने अनुमान गरेको छ।

Hardik ivf

युनिभर्सिटी अफ भर्जिनिया हेल्थ सिस्टमले सार्वजनिक गरेको प्रतिवेदनले “महाव्याधिअघि गरिएको अनुसन्धानले गम्भीर एआरडिएस भएका करिब ४५ प्रतिशत बिरामीको मृत्यु हुने देखाउँछ।”

प्रोफेसर यानले व्यायाम गर्दा शरीरले उत्पादन गर्ने शक्तिशाली एन्टिअक्सिडेन्टको अध्ययन गरेका छन्। यो एन्टिअक्सिडेन्टलाई “एक्स्ट्रासेल्युलर सुपरअक्साइड डिस्म्युटेस” वा इसिएसओडी भनिन्छ। यसलाई हाम्रो मांशपेसीले प्राकृतिक रूपमा सिर्जना गर्दछ। तर यानको अध्ययनले व्यायाम गर्दा यसको उत्पादनमा वृद्धि हुने देखिएको छ।

“एआरडिसको जोखिम र गम्भीरता न्यूनिकरण गर्न यो प्रभावकारी हुनसक्छ,” यानको अध्ययनमा भनिएको छ। न्यूजविकलाई पठाएको इमेलमा इसिएसओडीको उत्पादन बढाउने व्यायाम र ती व्यायाम गर्ने तरिकाबारे व्याख्या गरिएको छ।

“एरोबिक व्यायाम इसिएसओडी बढाउन प्रभावकारी भएको हाम्रो अध्ययनले देखाएको छ,” यानले इमेलमा लेखेका छन्,“वेट ट्रेनिङले मसल मास कायम राख्न वा बढाउन सहयोग गर्छ। मसल मास बढी भए इसिएसओडीको उत्पादन पनि बढ्नसक्छ, त्यसैले धेरै फाइदा पुग्छ।”

सो अध्ययन मुसामा गरिएको यानले बताए। मुसा राति दैनिक करिब दश माइल दौडिने गर्छ। इसिएसओडीको फाइदा लिनलाई व्यक्तिले दैनिक ३० मिनेट मध्यम प्रबलताको व्यायाम गरे पनि पुग्ने उनी बताउँछन्।

कोरोना भाइरसको महाव्याधिका कारण अमेरिकाको धेरै राज्यले घरमै बस्ने निर्देशन जारी गर्नुका साथै सामाजिक दूरी राख्ने उपाय अपनाउन जोड दिएको छ। त्यसैले जिमजस्ता कम आवश्यक व्यवसाय बन्द छन्। सार्वजनिक स्थलमा एकअर्कासँग कम्तिमा ६ फिट पर बस्नुपर्ने आग्रह गरिएको छ। तर जिम बन्द भए पनि रोकथामको उपायका लागि घरमै पनि व्यायाम गर्न सकिने यानको विश्वास छ।

“जिममा सामाजिक दूरी राख्नु कठिन हुन्छ,” यानले भने,“एरोबिक व्यायाम घरमा सजिलै गर्न सकिन्छ। त्यसका लागि स्टेसनरी बाइक, एरोबिक फ्लोर एक्सरसाइज र रोविङ मेसिनको सहयोग लिन सकिन्छ। घरबाहिर कडाइका साथ सामाजिक दूरी कायम राखेर क्यानोइङ, बाइकिङ र दौडिनु पनि राम्रो विकल्प हो।”
 

न्युजविक डट कमबाट नेपाली अनुवाद

प्रकाशित मिति: ०७:०१ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्