Kathmandu Press

‘मायावी’ शिवरात्रीमा आउने

पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो। अब यो फिल्म माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते रिलिज हुनेछ।
‘मायावी’ शिवरात्रीमा आउने

काठमाडौं, मंसिर १० : दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म ‘मायावी’को रिलिज डेट घोषणा गरिएको छ।

पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो। अब यो फिल्म माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते रिलिज हुनेछ।

Hardik ivf

निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईं फिचर्ड छन् । पोस्टरमा पलका दुई र दीपिकाको एउटा तस्बिर छ।

‘मायावी’मा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ।

निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको कथा पोखराको परिवेशमा तयार पारिएको छ। क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा राजु थापाको डीओपी, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, राम अविरल र दयाराम पाण्डेको गीत रचना छ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता रहेको सिनेमाको सह–निर्मातामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली रहेका छन्। प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्यूसरमा राजकुमार कार्की हुन्।

वसन्त अधिकारी सह–निर्देशक रहेको सिनेमामा मनोरञ्जन श्रेष्ठको कलर, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन रहेको छ।
 

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, मंसिर १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्