वाइडबडी खरिदमा रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद : प्रधानमन्त्री ओली
काठमाडौ, फागुन १७ः प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको बताएका छन् । हेलिकप्टर दुर....
काठमाडौ, फागुन १७ः प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका सांसद अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका हुन् ।
अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषयसँग जोडेर बद्नाम गर्न खोजिएको भन्दै उनले भने, ‘अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे । जो सम्पूर्ण रुपमा निराधार कुरा हो ।’
‘वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर, पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने मान्छेहरु छन् ।’
अधिकारीले मन्त्री भएको छोटो समयमा नै नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधारण काम गरेको प्रधानमन्बीले बताए । उनकै सक्रियतामा ६ वटा विमास्थलमा रात्री उडान सञ्चालन भएको ओलीले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि म आफैँले हेरेर आउँछु भनेर उहाँ त्यसतर्फ जानुभएको थियो ।
ढिलोमा तीन वर्ष्भित्र त्यो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने उहाँको लक्ष्य थियो ।’
एक दिनपछि जर्मनीको बर्लिन जाने कार्यक्रमबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘ त्यहाँ म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने योजना थियो ।’
प्रधानमन्त्रीले अधिकारीको निधनबाट पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको बताए । प्रधानमन्त्रीले दुर्घनामा मृत्यु भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको बताए । आफ्नो सचिवालमा कार्यरत उपसचिव युवराज दाहालसँग विकासलाई बिभिन्न कोणबाट विश्लेषण गरेर योजना बनाउन सक्ने खुबी भएको प्रधानमन्त्रीको भनाइ थियो । संसदीय दलको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ ।






