ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाएको पुष्टि
काठमाडौं, वैशाख ७ : नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाए....

काठमाडौं, वैशाख ७ : नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट वसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ ।
शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको हो । उक्त पेट्रोल पम्पले पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो । पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटस्थित डिपोलाई खबर गरेको थियो ।
सो लगत्तै उक्त पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो । पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
टयाङ्कर चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमले जनाएको छ ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


