Kathmandu Press

थप एक जनामा सङ्क्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं, वैशाख ७ : नेपालमा कोभिड– १९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त....

 थप एक जनामा सङ्क्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं, वैशाख ७ : नेपालमा कोभिड– १९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए ।

उनले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन् । उनका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए । उनले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक टेसिङ पनि शुरु गरिएको जानकारी दिए। 

नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो । 

प्रकाशित मिति: ०७:१० बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्