Kathmandu Press

धर्म विभाजनका लागि होइन, एकता र समझदारीका लागि हो : प्रधानमन्त्री

उनले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने उनको उल्लेख गरे। उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए। 
धर्म विभाजनका लागि होइन, एकता र समझदारीका लागि हो : प्रधानमन्त्री

काठमडौं, मंसिर १ : प्रधानमन्त्री केपी ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्न खोजिएको बताएका छन्। 

शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारण सभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोल्टिकल चिटिङ गरिरहेका छन्। त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ,’ उलने भने, ‘राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिलकुल फरक हो। सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा हो।’

बुद्धिजममा धेरै राम्रा गुण भएको बताउँदै उनले यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच नभएको बताए।

यस्तै, उनले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने उनको उल्लेख गरे। उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए। 

प्रधानमन्त्री ओलीले धर्मका नाममा विभाजन गर्न नहुने बताउँदै  धर्म विभाजनका लागि नभइ एकता र समझदारीको लागि भएको बताए।

ओलीले पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र यस्ता सम्मेलन संयुक्त राष्ट्रसंघकै आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गरे। 

सो अवसरमा प्रधानमन्त्री ओलीले  बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवद्र्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुुबहादुर बज्राचार्यलाई सम्मानित गरेका छन्।

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, मंसिर १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्