Kathmandu Press

विश्वप्रकाश भन्छन्– खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ 

शनिबार ‘प्रथम झापा १– काठमाडौं कप फुटसल प्रतियोगिताका अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिले खेल क्षेत्रमा जसरी नै नियममा बाँधिनुपर्ने बताए। 
विश्वप्रकाश भन्छन्– खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ 

काठमाडौं, मंसिर १ : नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेल क्षेत्रबाट नेपाली राजनीतिले नियममा बसेर काम गर्ने कुरा सिक्नुपर्ने बताएका छन्।

शनिबार ‘प्रथम झापा १– काठमाडौं कप फुटसल प्रतियोगिता’ का अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिले खेल क्षेत्रमा जसरी नै नियममा बाँधिनुपर्ने बताए। 

‘खेलले हामी सबैलाई जोड्ने काम गर्छ, त्यसकारण आज यो खेल भइरहेको छ । म जे मा पनि रमाउने मान्छे हो,’ उनले भने, ‘जसरी हामी खेल खेल्दा नियममा बाधिएर खेल्छौ त्यसरी नै राजनीतिमा पनि नियममा बसेर काम गर्नुपर्छ । खेलबाट राजनीतिले केही सिक्नुपर्छ।’ 

प्रकाशित मिति: १७:१३ बजे, शनिबार, मंसिर १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्