Kathmandu Press

खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख

शनिबार ‘प्रथम झापा १– काठमाडौं कप फुट्सल प्रतियोगिताको उद्घाटन गर्दै उनले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगती गर्न सकिने भन्दै यसमा सबैले ध्यान दिन आवश्यक रहेको बताए। 
खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख
Hardik ivf

काठमाडौं, मंसिर १ : सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि हरेक क्षेत्रले सक्रियता देखाउनुपर्ने औंल्याएका छन्। सबै क्षेत्रले खेलका लागि सक्रियता जनाउन सके ठूलो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो। 

शनिबार ‘प्रथम झापा १– काठमाडौं कप फुट्सल प्रतियोगिताको उद्घाटन गर्दै उनले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगती गर्न सकिने भन्दै यसमा सबैले ध्यान दिन आवश्यक रहेको बताए। 

‘खेलको क्षेत्रमा नेपाल क्रमश अगाडि बढ्दै आएको छ । खेललाई राज्यले जति महत्व दिनुपर्ने थियो सायद त्यो महत्व पुगेको छैन् । तर राज्य भनेको हामी सबै मिलेर नै हुने हो,’ उनले भने, ‘यो कार्यक्रमले पनि के देखाउँछ भने खेलकुदमा हरेक क्षेत्रबाट सक्रियता लिने हो भने यसको ठूलो सम्भावना छ। र यसले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगती गर्न सक्छ । यसमा सबैले ध्यान दिनु आवश्यक छ।’ 

प्रकाशित मिति: १६:१९ बजे, शनिबार, मंसिर १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्