Kathmandu Press

मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक 

लुम्बिनीको मायादेवी मन्दिरबाट चर्चित गायिका आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र मार्की खेलाडी रोहित पौडेलले शनिबार जर्सी सार्वजनिक गरे।
मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक 

काठमाडौं, मंसिर १ : लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल)का जर्सी सार्वजनिक गरेको छ । 

लुम्बिनीको मायादेवी मन्दिरबाट चर्चित गायिका आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र मार्की खेलाडी रोहित पौडेलले शनिबार जर्सी सार्वजनिक गरे।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीको डिजाइन गरिएको छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बाँया भागमा आक्रमक अवतारको सिंहको टाउको प्रतीक रहेको छ । 

Hardik ivf

जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी आनी छोइङ डोल्माले लुम्बिनी लायन्सले सबैको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गरिन्। 

यस्तै, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले लुम्बिनी लायन्समार्फत नेपाल प्रिमियर लिग एवम् समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरहरुको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा म अत्यन्तै उसाहित भएको बताए। उनले यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरुको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरुको अटुट साथको प्रतिविम्ब पनि भएको बताए।

उनले क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रुपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरुलाई क्रिकेटले एकै ठाउँमा ल्याएको बताए। 

त्यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सम्पूर्ण लुम्बिनीबासिको भावना र लुम्बिनीको ऐतिहासिक तथा साँस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सीको डिजाइन गरेको बताए। 

८ टिम सहभागी हुने एनपिएलको पहिलो संस्करण मंसिर १५ गतेबाट सुरु हुँदैछ । प्रतियोगिताका लागि लुम्बिनीले अस्ट्रेलियाका बेन कटिङ, भारतीय मुलका अमेरिकन खेलाडी उन्मुक्त चन्द, इंल्यान्डका टम मुरे र वेस्टइन्डिजका रामोन सिमण्ड्स अनुबन्ध गरेको छ।

लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन फाडनिस छन् भने उनलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा शक्ति गौचनले सघाउने छन्। टिमको ब्रान्ड एम्बासडरमा महानायक राजेश हमाल छन्।


 

प्रकाशित मिति: १४:२७ बजे, शनिबार, मंसिर १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्