मोटरसाइकल दुर्घटनामा नवलपरासी एकको मृत्यु
बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।नवलपरासी, मंसिर १ : कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।
बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ।
प्रकाशित मिति: १०:०८ बजे, शनिबार, मंसिर १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरुशनिबार, मंसिर ८, २०८१
कम्बोडिया पुगे सभामुख घिमिरे शनिबार, मंसिर ८, २०८१
भगवती मानव कल्याण संगठनको पदयात्रा सम्पन्नशनिबार, मंसिर ८, २०८१
मानव बेचबिखनको आरोपमा चितवनबाट एक जना पक्राउशनिबार, मंसिर ८, २०८१