Kathmandu Press

पैसा सडकमा फाल्दै हिँडेका जनकपुरका दुई महिलामध्ये एकमा आरडीटी पोजेटिभ

जनकपुर, वैशाख ६  : धनुषाको जनकपुरस्थित महावीर चोकमा पैसामा थुक्दै सडकमा फाल्दै हिँडेका दुई महिलामध्ये एक जनाको र्‍यापिड टेष्ट रिपाे....

पैसा सडकमा फाल्दै हिँडेका जनकपुरका दुई महिलामध्ये एकमा आरडीटी पोजेटिभ
फाइल

जनकपुर, वैशाख ६  : धनुषाको जनकपुरस्थित महावीर चोकमा पैसामा थुक्दै सडकमा फाल्दै हिँडेका दुई महिलामध्ये एक जनाको र्‍यापिड टेष्ट रिपाेर्ट पोजेटिभ देखिएको छ। 

कोरोना भाइरस संक्रमणको सन्त्रासकाबीच पैसा फालेर फरार भएका महिलालाई प्रहरीले नियन्त्रणमा लिएर शनिबार प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण गराएको थियो। अस्पताल स्रोतका अनुसार ती दुई महिलामध्ये एक जनाको र्‍यापिड टेष्टको रिपोर्ट पोजेटिभ देखिएको छ। उनीहरु दुवै जनाको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर टेष्ट पनि भइरहको छ।
 
शुक्रबार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजका आधारमा जनकपुर उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनीहरु साइनोले नन्दभाउजु हुन्।

शनिबार दिउँसो मस्जिद पछाडि लुकेर बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। हिजो दिउँसो महावीर चोकमा दुई जना महिलाले पैसा फाल्दै हिँडेको भन्दै स्थानीयहरु कोरोना संक्रमित हुन कि भनेर त्रसित भएका थिए।

कोरोना भाइरस फैलाउन ती महिलाले पैसा फाल्दै हिँडेको भन्दै स्थानीयहरुले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले ती पैसा टिपेर कोरोना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो। 

ती महिलालाई देख्नासाथ जानकारी दिन भन्दै जिल्ला प्रहरी कार्यालयले सिसिटीभीको आधारमा फोटो पनि सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: १९:०४ बजे, शनिबार, वैशाख ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्