Kathmandu Press

ठेक्कामा संलग्न देखिए मन्त्री पद र राजनीति दुवै छाड्छु: राज्यमन्त्री तामाङ

उनले आफू गलत ठहर भए कानुनी कारबाही भोग्न समेत तयार रहेको बताए।
ठेक्कामा संलग्न देखिए मन्त्री पद र राजनीति दुवै छाड्छु: राज्यमन्त्री तामाङ

काठमाडौं, कात्तिक ३० । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कुनै ठेक्का कम्पनीमा संलग्नता देखिए मन्त्री पदसँगै राजनीति पनि छाड्ने बताएका छन्।

उनले आफू गलत ठहर भए कानुनी कारबाही भोग्न समेत तयार रहेको बताए।

भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा राज्यमन्त्री तामाङको ‘कान्छाराम कन्स्ट्रक्सन’ मा आबद्धता रहेको र सडक आयोजनाको ठेक्का अलपत्र पारेको भन्दै प्रश्न उठेपछि उनले यस्तो भनाई राखेका हुन्।

Hardik ivf

उनले ‘कान्छाराम कन्स्ट्रक्सन’ दुई वर्षअगाडि नै छाडेको बताएका छन् ।

कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको भन्दै प्रश्न उठाएपछि तामाङले त्यस्को प्रतिबाद गरेका हुन्।

महामन्त्री शर्माले समिति वैठकमा ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको बिषयमा स्पष्ट पार्नुपर्ने भनाई राखेका थिए।

‘कान्छाराम कन्स्ट्रक्सन प्रालिमा दुई वर्षअघि सांसदको टिकट पाएपछि बाहिर निस्केर बसेको व्यक्ति हुँ । म अहिले पार्टीले पठाएर सरकारको ऊर्जा राज्यमन्त्री छु । कानुनभन्दा ठूलो केही छैन । कानुनले भन्छ भने एक मिनेटमा मन्त्रीबाट छाडेर पेसा–व्यवसाय र परिवारसँग काम गर्न तयार छु ।’

उनले २०७९ को सांसदको टिकट पाउनुभन्दा पहिला कम्पनीबाट निस्केको प्रस्टीकरण समेत दिए ।

‘कानुन, नीति नियम र नेपालको संविधानले कम्पनीमा आबद्धता ठहर भयो भने राजनीतिबाट बाहिर जान तयार छु,’ उनले भने ।

प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्