निर्वाचन आयोगको प्रवक्तामा अर्याल
निर्वाचन आयोगले सहसचिव नीता पोखरेल अर्याललाई नयाँ प्रवक्ता तोकेको छ ।
काठमाडौं, कात्तिक ३० । निर्वाचन आयोगले सहसचिव नीता पोखरेल अर्याललाई नयाँ प्रवक्ता तोकेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्याललाई प्रवक्ताको जिम्मेवारी दिएको ।
‘मिति २०८१-०७-३० को निर्णयानुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री नीता पोखरेल अर्याल तोकिनु भएको व्यहोरा जानकारी गराइएको छ,’सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












