Kathmandu Press

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर, कात्तिक ३० । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले सो कार्यालयको आज उद्घाटन गरे।

Hardik ivf

ग्रामथान गाउँपालिकाको कार्यालयमा रहनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

कार्यालय स्थापनापछि मुख्य निर्वाचन अधिकृत भट्टराईले आजै सर्वदलीय छलफल गर्नुभएको छ । उहाँले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताए।

छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मङ्सिर २ गतेदेखि सुरू हुने र पहिलो दिन बिहान १० बजेदेखि मनोनयन दर्ता र यसका लागि राजनीतिक दलहरुलाई समय पनि निर्धारण गरिएको बताए।   

निर्वाचन आचारसंहिता, मनोनयन दर्ताका लागि आवश्यक जानकारीबारे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दङ्गालले जानकारी गराएका थिए।

सात वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: १७:२६ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्