Kathmandu Press

एनपिएलका खेल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने

क्यानले प्रतियोगिताको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ।
एनपिएलका खेल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं, कात्तिक ३० । नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार घोषणा गर्दै एनपिएलका सबै खेलहरू भारतीय टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो।

क्यानले प्रतियोगिताको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ।

नेपाल प्रिमियर लिग मंसिर १६ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

एनपिएलमा ८ वटा टिमले प्रतिस्पर्धा गर्दैछ।

एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दैछ।

सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्स गरी ८ टिम छन्।

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्