Kathmandu Press

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

केही दिनअघि सबै हवाइजहाज पूर्वी क्षेत्रतर्फ पर्यटक ल्याउन व्यस्त भएका कारण रारा विमानस्थलका उडान प्रभावित बनेको हो।
रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु, ३० कात्तिक : रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन्। 

केही दिनअघि सबै हवाइजहाज पूर्वी क्षेत्रतर्फ पर्यटक ल्याउन व्यस्त भएका कारण रारा विमानस्थलका उडान प्रभावित बनेको हो।

समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि मुगुका नागरिक  कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण गर्न बाध्य भएका छन्।

भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई सहज र सुरक्षित मान्ने गर्दछन् । विकल्पका रूपमा मात्र सतही मार्ग रोज्ने    जिल्लावासीका लागि हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ । स्थानीयवासीहरूले हवाई कम्पनीलाई रारा विमानस्थलमा नियमित उडान सञ्चालन गर्न आग्रह गरेका छन् ।

मुगु पर्यटकीय जिल्ला भएकाले दैनिकजसो उडान विगतमा भइरहने भए पनि पछिल्लो समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थी लगायत समस्यामा परेको रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालले बताए।

नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने प्रायः पर्यटक स्थलमार्गबाट रारा पुग्ने र केही दिन रारा क्षेत्रमा घुमेर हवाइमार्गबाट फर्कने गर्दै आएका थिए तर नियमित उडान नहुँदा रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन्।

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्