Kathmandu Press

विश्वकप छनोट भएको यू–१९ महिला टिमलाई एनपिएलका टिमले १० लाख दिने

यू–१९ टिमको हौसला बढाउन एनपिएलका आठ फ्रेन्चाइज टिमले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने  घोषणा गरेका छन्। 
विश्वकप छनोट भएको यू–१९ महिला टिमलाई एनपिएलका टिमले १० लाख दिने

काठमाडाैं, कात्तिक ३० : यू–१९ महिला टि–२० विश्वकपमा छनोट हुँदै इतिहास बनाएको नेपाली महिला टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल)का टिमले नगद पुरस्कार प्रदान गर्ने भएका छन्।

यू–१९ टिमको हौसला बढाउन एनपिएलका आठ फ्रेन्चाइज टिमले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने  घोषणा गरेका छन्। 

बुधबार दुबईको भएको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक यू–१० महिला विश्वकपमा छनोट भएको थियो। नेपाली टिम बिहीबार साँझ स्वदेश फर्किएको छ। 

नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही २ लाख ५० हजारसहित सम्मान गर्ने घोषणा गरिसकेको छ। 
 
प्रकाशित मिति: १५:५१ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्