Kathmandu Press

मंसिर ७ गते काठमाडौंमा एमालेले जनजागरण सभा गर्ने

शुक्रबार पार्टी कार्यालय च्यासलमा भएको पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएको भन्दै जनजागरण सभाको आयोजना गर्न लागेको महासचिव शंकर पोखरेलले बताए । 
मंसिर ७ गते काठमाडौंमा एमालेले जनजागरण सभा गर्ने

काठमाडौं, कात्तिक ३० : नेकपा एमालेले आगामी मंसिर ७ गते जनजागरण सभाको आयोजना गर्ने भएको छ।

एमाले काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा जनजागरण सभाको आयोजना गर्न लागिएको हो। 

Hardik ivf

शुक्रबार पार्टी कार्यालय च्यासलमा भएको पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएको भन्दै जनजागरण सभाको आयोजना गर्न लागेको महासचिव शंकर पोखरेलले बताए । 

राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न सभा गर्न लागिएको उनले बताए। 

‘वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन सभा गर्न लागेका हौं,’ उलने भने । 

सभाको उद्देश्य मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न पनि भएको उनले बताए। 

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्