Kathmandu Press

खेलाडीको तलब १० प्रतिशत कटौती गर्ने चेल्सीको प्रस्ताव 

काठमाडाैं, वैशाख ६ : इंग्लिश प्रिमियर लिग क्लब चेल्सीले खेलाडी, प्रशिक्षकसहित अन्य पदाधिकारीको तलब कटौतीको तयारी गरेको छ।

कोरोना भाइरसक....

खेलाडीको तलब १० प्रतिशत कटौती गर्ने चेल्सीको प्रस्ताव 

काठमाडाैं, वैशाख ६ : इंग्लिश प्रिमियर लिग क्लब चेल्सीले खेलाडी, प्रशिक्षकसहित अन्य पदाधिकारीको तलब कटौतीको तयारी गरेको छ।

कोरोना भाइरसका कारण निम्तिएको आर्थिक संकटबाट क्लबलाई बचाउन चेल्सीले १० प्रतिशत तबल कटौती गर्न प्रस्ताव गरेको हो। 

चेल्सीले कोरोनाका कारण फुटबल सुरु नहुँदासम्म प्रत्येक महिना १० प्रतिशत पारिश्रमिक कटाउने प्रस्ताव गरेको हो। तबल कटौतीका विषयमा खेलाडीहरुसँग छलफल जारी रहेको र समहति नजिक पुगेको उसले जनाएको छ। 

चेल्सीका सिनियर र बी टिमका खेलाडीको तलब कटौती हुनेछ। तलब कटौतीबाट चेल्सीले ८ मिलियन पाउण्ड बचाउने योजना बनाएको छ। सुरुमा चेल्सीले ३० देखि ४० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको थियो। सो प्रस्ताव खेलाडीहरुले अस्वीकार गरेपछि चेल्सीले १० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको हो।

खेलाडीहरुसँग सहमतिपछि अप्रिल महिनाबाटै यो नियम लागू गर्ने तयारी चेल्सीको छ।

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, वैशाख ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्