Kathmandu Press

कर्जन्हा नगरपालिकाका पूर्वमेयर पासवानसहित ५ जना भ्रष्टाचारी ठहर

विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले फैसला सुनाएको हो। 
कर्जन्हा नगरपालिकाका पूर्वमेयर पासवानसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं, कात्तिक ३० : विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानसहित ५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। 

नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको दाबीसहित दायर भएको मुद्दामा पूर्व मेयर पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो। 

विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले फैसला सुनाएको हो। 

अदालतले उनीहरुबाट जनही २१ लाख ६० हजार रुपैयाँ भराउने फैसला समेत गरेको छ। मुद्दामा भ्रष्टाचार ठहर भए पनि कानुन वमोजिमको सजाय भने १० मंसिरमा निर्धारण गरिने तय भएको छ। 
नगरपालिकाले पेस्कीस्वरूप एक करोड आठ लाख रुपैयाँ महा लक्ष्मी कन्ट्रक्सन एण्ड ड्रेगन जेभीलाई प्रदान गरेको थियो । ठेकेदारले काम नगरेको पुष्टि भएपनि नगरपालिकाले निर्माण कम्पनीको जमानत जफत नगरेको आरोप प्रतिबादीविरुद्ध थियो। 

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, कात्तिक ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्