सिम्रौनगढ नगरपालिक प्रशासकीय अधिकृत कानुविरुद्ध घुस अभियोगमा मुद्दा
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम अनुरुप जरिवाना र जेल सजायको मागसहित अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
काठमाडौं, कात्तिक ३० : बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुविरुद्ध ७८ हजार घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ।
कानुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले यसअघि ७८ हजार घुस रकमसहित पक्राउ गरेको थियो।
बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा कानु समातिएका थिए।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम अनुरुप जरिवाना र जेल सजायको मागसहित अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
प्रकाशित मिति: १४:५८ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार