Kathmandu Press

रविलाई बुटबलबाट पोखरा ल्याइयो

बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भएपनि भिजिबिलिटी कम हुँदा साढे १ बजे मात्र फ्लाइट भएको हो।
रविलाई बुटबलबाट पोखरा ल्याइयो

कास्की, कात्तिक ३० : ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुटवलबाट कास्कीको पोखरा ल्याइएको छ। 

रविलाई भैरहवाबाट बुद्ध एयरको विमानमार्फत आज दिउँसो पोखरा ल्याइएको हो। उनलाई कास्की प्रहरीको हिरासतमा राखिनेछ।

बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भएपनि भिजिबिलिटी कम हुँदा साढे १ बजे मात्र फ्लाइट भएको हो।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकणमा बयानका लागि रविलाई मंगलबार कास्की प्रहरीको हिरासतबाट बुटबल ल्याइएको थियो। 

रविसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा ३ दिन बयान लिइएको थियो। उनीसँगको बयान बिहीबार राति सकिएको थियो। 

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो। 
ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भएको थियो ।

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्