राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा सुरु
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकरीले समष्टिगत आर्थिक परिसूचकको अवस्थाबारे प्रस्तुतीकरण गरेका छन्।काठमाडौं, कात्तिक ३० : मुलुकको समग्र आर्थिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ । बैठकमा विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपाय लगायत १५ कार्यसूची राखिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकरीले समष्टिगत आर्थिक परिसूचकको अवस्थाबारे प्रस्तुतीकरण गरेका छन्।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघ र प्रदेश सरकारका सचिवहरूलगायत सहभागी छन्।
बैठकमा शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैँक, सार्वजनिक खरिद, संघ, प्रदेश र स्थानीय तहमा सरकारी भवन, समपूरक अनुदान, सोह्रौँ आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसुल सङ्कलन विनियमावली, अनिवार्या तथा निःशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नसिप, विपद् उत्थानशील पूर्वाधार निर्माण, विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनाका विषय पनि छलफलको कार्यसूचीमा राखिएको छ।