दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज : मन्त्री सिंह
शुक्रबार नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा मन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरुबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने बताए।मोरङ, कात्तिक ३० : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज भएको बताएका छन्।
शुक्रबार नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा मन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरुबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने बताए।
‘सातबुँदे सहमतिबाट बनेको वर्तमान सरकारले जनताको चाहना अनुसार थोरै समयमा धेरै उल्लेखनीय काम गरेको छ,’ उनले भने।
बजेट पारित भइसकेपछि बनेको वर्तमान सरकार एउटा परिधिभित्र बसेर काम गरिरहेको बताउँदै उनले वर्तमान संविधानको कुनकुन विषयमा संशाेधन गर्ने भन्ने छलफल भइरहेको बताए।
मन्त्री सिंहले सरकार विधिको शासनको पक्षधर हो स्पष्ट पार्दै सहकारीको बचत रकम अपचलन र ठगी गर्नेलाई कानुन अनुसार कारबाही हुने बताए।
शुक्रबारबाट नेपालले बंगलादेशलाई बिजुली बेच्ने सरकारको महत्वपूर्ण उपलब्धि भएको समेत भनाइ थियो।