वैदेशिक रोजगारका नाममा ठगी गर्ने तीन जना पक्राउ
प्रहरीले सोलुखुम्बुकी २२ वर्षीया प्रितिका बास्तोला, चितवनकी ३६ वर्षीया शारदा सुवेदी र भरतपुर का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो।
काठमाडौं, कात्तिक ३० : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेललाई प्रहरीले पक्राउ गरेको हो।
प्रितिकाले युनाइटेड अरब इमिरेट्स(युएई)को दुबईका लागि एक जना व्यक्तिबाट दुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि दुईजनाबाट व्यक्तिबाट एक÷एक लाख लिई सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीका आधारमा पक्राउ गरिएका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












