Kathmandu Press

नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरू

शुक्रबार नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीहरूको भर्चुयल सहभागीतामा विद्युत निर्यातको उद्घाटन गरिएको हो।
नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरू

काठमाडौं, कात्तिक : ३० नेपालबाट शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरू भएको छ।

नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटनमार्फत बिजुली निर्यात सुरु गरिएको हो।

ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको सहभागितामा परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमका बीच निर्यातको उद्घाटन भएको थियो।

नेपालले भारतीय ग्रिडको प्रयोग गरी आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ।

नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ । बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भइ मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ।

नेपालले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गरेको छ । पाँच वर्षको लागि निर्यात सम्झौता भएको हो । नेपालले बंगलादेशलाई ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ।

 

 

 

 

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्