Kathmandu Press

पर्यटन मन्त्री पाण्डेले सांसद बजगाईंविरुद्ध दिए उजुरी 

कांग्रेसकै सांसद रहेका बजागाईंले आफूविरुद्ध शृंखलबद्ध रुपमा कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्। 
पर्यटन मन्त्री पाण्डेले सांसद बजगाईंविरुद्ध दिए उजुरी 

काठमाडौं, कात्तिक ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सांसद राजेन्द्र बजगाईं विरुद्ध उजुरी दिएका छन्।

कांग्रेसकै सांसद रहेका बजागाईंले आफूविरुद्ध शृंखलबद्ध रुपमा कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्। 

Hardik ivf

गोरखा जिल्ला क्षेत्र नं १ बाट निर्वाचित सांसद बजगाईलें आफू मन्त्री नियुक्त भएदेखि नै शृंखलावद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरेका छन्। 

माननीय सांसद बजागाईंले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट पुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको उजुरीमा भनिएको छ। 

प्रतिनिधि सभा सदस्यले आफ्नो पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुक मार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानूनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराएकाले यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानूनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारवाही गरिदिनु मन्त्री पाण्डेले अनुरोध गरेका छन्।

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनले समाचार प्रकाशित भएका थिए  । 

मन्त्री बद्री पाण्डेले सांसद राजेन्द्र बजगाईं विरुद्ध दिएकाे उजुरी:

Ujuri-1731655567.jpg
 

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्