Kathmandu Press

दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

दार्चुला, कात्तिक ३० : शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Hardik ivf

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते भएका छन्। शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबै मृतकको सनाखत भएको जनाएको छ। मृतकमध्ये २ भारतीय नागरिक, २ जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, वीरेन्द्र बोहरा, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीया मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम छन्। 

मृतक ८ मध्ये एक जनाको सनाखत हुन बाँकी छ।

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो। घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
 

 

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्