मेडिकल,इन्जिनियरिङ्ग र पाइलटकाे पढाई नेपालमै हुनुपर्छ : प्रसाईं
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई नेपालमै हुनुपर्ने बताएका हुन्।
काठमाडौं, ३० कात्तिक : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको उच्च शिक्षा नेपालमै हुनुपर्ने बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई नेपालमै हुनुपर्ने बताएका हुन्।
प्रसाईंले भने-‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र नेपालको पैसा नेपालमै रहनुपर्छ, सबै विद्यार्थीको प्लस टु माथिको पढाईका साथै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा, पाइलट टे«निङ र पाइलटको पढाइ पनि नेपालमै हुनुपर्छ।’
साथै उनले मंसिर तीन गते नेताहरुको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाण सहित प्रस्तुत हुने बताए।
उनले कसैले नसोचेको र नदेखेको कुरा कुन नेताको कुन कम्पनिमा कती लगानी छ भनेर सिग्नेचर सहित प्रस्ट पार्ने बताए।
प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार