Kathmandu Press

सुनको मूल्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँ पुगेको हो।
सुनको मूल्य वृद्धि

काठमाडौं, कात्तिक ३० : नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँ पुगेको हो।

बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्