Kathmandu Press

लामिछानेलाई आज रुपन्देहीबाट कास्की लगिँदै

बुटवलको सु्प्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लिखित बयान सकिएपछि पुनः कास्की लैजान लागिएको हो ।
लामिछानेलाई आज रुपन्देहीबाट कास्की लगिँदै

बुटवल, कात्तिक ३० : सहकारी ठगीमा पक्राउ परेर अनुसन्धान भइरहेका रवि लामिछालेनलाई आज रुपन्देहीबाट कास्की लगिँदै छ । 

बुटवलको सु्प्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लिखित बयान सकिएपछि पुनः कास्की लैजान लागिएको हो ।

कास्कीबाट बयानका लागि रूपन्देहीको भैरहवामा रहेका लामिछानेको मंगलबारदेखि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान सुरु गरिएको थियो । ३ दिनमा साढे २३ घण्टा वयान लिइएको र लामिछानेलाई ७४ प्रश्न सोधिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । 

प्रहरीले बयान सकिएलगत्तै हिजै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धएयर मार्फत कास्की पठाउने तयारी गरेको थियो । यद्यपि बाक्लो हुस्सुका कारण साँझको विमान नउडेपछि लामिछानेलाई रुपन्देहीमै राखिएको हो । अब लामिछानेलाई आज कास्की पठाइने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०८:२९ बजे, शुक्रबार, कात्तिक ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्