काठमाडौंको गोकर्णेश्वरमा नाबालकसहित एकै परिवारका तीनजना मृत भेटिए
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा नावालकसहित एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन्।काठमाडौं, कात्तिक २९ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा नावालकसहित एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन्।
गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित घरभित्र ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका बालक मृत भेटिएका हुन् ।
अहिले प्रहरी घटनास्थलमा पुगेर शवको मुचुल्का भइरहेको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सकसहितको टोली समेत घटनास्थलमा पुगेको छ ।कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको छ।
मृतक सीताका श्रीमान् कान्छा नगरकोटीलाई प्रहरीले सोधपुछ गरिरहेको छ।
प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला, कति लाग्छ शुल्क ?बिहीबार, पुस ११, २०८१
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्रीबिहीबार, पुस ११, २०८१
कांग्रेसको एक सय दिने विशेष अभियानको समय थपबिहीबार, पुस ११, २०८१
कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ: जनार्दन शर्माबिहीबार, पुस ११, २०८१