Kathmandu Press

ललितानिवास प्रकरण- पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालमाथि छानविनको माग गर्दै दोस्रोपटक रिट

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दिएका हुन् ।
ललितानिवास प्रकरण- पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालमाथि छानविनको माग गर्दै दोस्रोपटक रिट

काठमाडौं, कात्तिक २९ । ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधव नेपालसहितलाई छानविन गरी मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दोस्रोपल्ट रिट निवेदन दर्ता भएको छ।

मन्त्रिपरिषदबाट निर्णय गराउने पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई अभियुक्त नै नबनाएको तथा प्रतिवादी बनाइएका तत्कालीन मन्त्रीहरूलाई समेत विशेष अदालतले सफाइ दिएको बिषय समेत जोडेर रिट निवेदन दर्ता भएको हो।

Hardik ivf

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दिएका हुन् ।

यसअघि पनि न्यौपानेले पूर्व प्रधानमन्त्रीद्धय भट्टराई र नेपाललाई विपक्षी बनाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा पुनः छानविनको माग राखेर सर्वोच्चमा रिट दायर गरेका थिए।

ललिता निवास भ्रष्टाचार प्रकरणमा विशेष अदालतबाट आएको फैसला समेतलाई जोडेर रिट दायर भएको छ। ललिता निवास भ्रष्टाचार प्रकरणमा विशेष अदालतले २०८० साल फागुन २३ मा फैसला सुनाएको थियो।

उक्त प्रकरणमा पूर्व मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठलगायतले सफाइ पाएका छन्।

भ्रष्टाचार मुद्दामा उच्च पदस्थ व्यक्तिहरूलाई उन्मुक्ति दिएको दाबी रिटमा छ।

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, कात्तिक २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्