Kathmandu Press

रविलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- केपी ओलीलाई बालकोटमै गएर मार् भन्दै टेलिभिजनबाट कराउँथे

'नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरुले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन'
रविलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- केपी ओलीलाई बालकोटमै गएर मार् भन्दै टेलिभिजनबाट कराउँथे

काठमाडौं, कात्तिक २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले देशलाई नकारात्मकतातिर लैजान खोजेको बताएका छन्।

कान्तिपुर कन्क्लेभको संवादका क्रममा प्रधानमन्त्री ओलीले अहिले केही सञ्चारमाध्यममा आउने समाचार र सामाजिक सञ्जालमा आउने अभिव्यक्तिले समाजमा नकारात्मकता फैलाएको बताएका हुन्।

'अहिले युट्यु खोलेर हेर्न थाल्नुस्। परिवारका अरू सदस्यले सुन्लान् भनेर कि झटपट बन्द गर्नुपर्छ कि आवाज सानो बनाउनुपर्छ,' उनले भने।  

Hardik ivf

प्रधानमन्त्री ओलीले केही अगाडि न्युज २४ टेलिभिजनबाट प्रसारित हुने कार्यक्रमबाटै आफूलाई ढुंगा हान् भनेको पनि बताए। उनले त्यतिबेला रवि लामिछानेले चलाउने कार्यक्रमको प्रसँग उठाएका थिए।

'न्युज २४ मा एकजना पत्रकार ल्यापटप अगाडि राखेर उफ्रीउफ्री कराउँथे। तिनले एकपटक भने- जनतालाई किन दुःख दिनुपर्‍यो। केपी बालकोटमा बस्छ नी बाटोमा हिँड्दा हिँड्दै ढुंगाले किच्याएर मार न त्यसलाई सक्छौ भने। बालकोटमै गएर त्यसलाई कुटीकुटी ढुंगाले किच्याएर मार न,' प्रधानमन्त्री ओलीले भने, 'टेलिभिजनबाट बोलेको त्यस्तो।'

त्यसका बाबजुद पनि आफू क्षमाशील भएको उनले दाबी गरे।

'म त क्षमाशील छु मान्छे। आग्रह हेर्दिन। त्यही रास्वपा भरे भोलिसम्म ज्ञापन पत्र लिएर आइपुग्छ,' उनले भने। अहिले संसदीय विशेष छानबिन समितिको सिफारिसका आधारमा लामिछानेलाई पक्राउ गरिएको बताउँदै दोषी र निर्दोषी भन्ने विषय अदालतले फैसला गर्ने जानकारी दिए।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि  कारबाही गर्नुपर्दा  मान्छेको अनुहार हेर्दिनँ भनेको छु,' प्रधानमन्त्री ओलीले भने। उनले नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरुले तथ्यहीन आधारमा गाली गरेको नसुहाउने पनि बताए।

'न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन,' उनले भने।

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्