२० महिनापछि कांग्रेस सभापतिलाई सत्ता हस्तान्तरण गर्छु: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १ वर्ष ८ महिनापछि सत्ता हस्तान्तरण गर्ने बताएका छन्।काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १ वर्ष ८ महिनापछि सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
बिहीबार कान्तिपुर कन्क्लेभको संवादमा प्रधानमन्त्री ओलीले सहमति अनुसार नै सत्ता हस्तान्तरण गर्ने बताएका हुन्।
मेरो प्रधानमन्त्री हुने समय अब १ वर्ष ८ महिना बाँकी छ। त्यसपछि शेरबहादुर जी हुनुहुन्छ । उहाँले चुनावसम्म लैजानुहुन्छ,' प्रधानमन्त्री ओलीले भने।
'अबको १ वर्ष ८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण हुन्छ,' उनले भने।
उनले मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने पनि बताए।
'कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले)बीच सहकार्य भएको हो,' उनले भने।
प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१