महिला कर्मचारीमाथि दुर्व्यवहारको मुद्दामा राष्ट्र बैंकका तत्कालीन निर्देशक आचार्यले पाए सफाइ
प्रशासकीय अदालतले आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंक सञ्चालक समितिको निर्णय बदर गरिदिएको हो।
काठमाडौं, कात्तिक २९ । एकजना महिला कर्मचारीलाई दुर्व्यवहारको आरोपमा राष्ट्र बैंकबाट बर्खास्तीमा परेका तत्कालीन निर्देशक थानेश्वर आचार्यले अभियोगबाट सफाइ पाएका छन्।
प्रशासकीय अदालतले आचार्यलाई बर्खास्त गर्ने राष्ट्र बैंक सञ्चालक समितिको निर्णय बदर गरिदिएको हो।
प्रशासकीय अदालतका अध्यक्ष डिल्लीराज घिमिरे र सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले मंगलबार आचार्यलाई सफाइ दिने फैसला गरेको हो।
आचार्यलाई उनलाई गत चैत ५ गतेबाट लागू हुने गरी सेवाबाट हटाइएको थियो ।
मंगलबारको फैसलासँगै निष्कासित आचार्य पुनर्बहाली हुने बाटो खुलेको छ।
महिला कर्मचारीमाथि दुर्व्यवहार भएको आरोपपछि छानबिन समिति गठन भएको थियो ।
समितिले दिएको प्रतिवेदनका आधारमा आचार्यलाई बर्खास्त गरिएको थियो ।
प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












