यू-१९ विश्वकपमा छनोट नेपाली महिला टोलीलाई क्यानले जनही साढे २ लाख दिने
यु-१९ महिला विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ।
काठमाडौं, कात्तिक २९ । यु-१९ महिला विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले यू-१९ महिला टोलीलाई जनही साढे २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
बुधबार विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो।
नेपाली महिला टोली आज स्वदेश फर्कँदै छ।
त्रिभुवन विमानस्थलमा उनीहरुलाई भव्य स्वागत गर्ने तयारी रहेको पनि क्यानले जनाएको छ।
प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार