Kathmandu Press

मुलुकमा कसैले काम गरेको छ भने त्यो हामी हौं: माधव नेपाल

'गणतन्त्र ल्याउनुमा पनि हाम्रो भूमिका छ'
मुलुकमा कसैले काम गरेको छ भने त्यो हामी हौं: माधव नेपाल

काठमाडौं, कात्तिक २९ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरेका छन् ।

बिहीबार नेपाल नेवा राष्ट्रिय सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुक परिवर्तनमा आफूहरुकै बढी योगदान भएको र गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताएका हुन्।

Hardik ivf

'परिवर्तन कसैले गरेको छ  भने  त्यो  हामीले  गरेका हौं । गणतन्त्र कसैले ल्याएको छ भने त्यो  हामीले ल्याएका छौं । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यहीँ पार्टीभित्र थिए । गित गाएर मात्र हिँडेका होइनन् विरोध गरेर  हिँडेका थिए । उत्साह बढाउने होइन उल्साह घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौं, वास्ता गरेनौं र राजतन्त्रको बारेमा अरु पार्टीले पनि मतलब गरेनन्,’ उनले भने।

साथै उनले अस्थिर सरकार देशको मूल समस्या समस्या भएको पनि बताए।

उनले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गरे  ।

'गफ होइन, काम गरेर देखाएका छौँ, ९ महिनाभित्र सारा देशमा तरंग पैदा गरिदियौँ,' उनले भने।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्